विवाहको प्रलोभन देखाएर जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ

एक महिलालाई विवाहको प्रलोभन देखाएर जबरजस्ती करणी गरेको आरोपमा सुनसरीको धरानबाट एक पुरूष पक्राउ परेका छन् । पक्राउ पर्नेमा संखुवासभाको मकालु गाउँपालिका-५, माङ्सिमा घर भएका ३१ वर्षीय युवक भनिने लिलाबहादुर गुरूङ छन् ।

निरन्तरको निगरानीपश्चात् जिल्ला प्रहरी कार्यालय, संखुवासभा र इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले उनलाई गत सोमबार धरान उपमहानगरपालिका-१६, हंसमार्गबाट पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय, संखुवासभाका प्रहरी निरीक्षक (इन्स्पेक्टर) रामकुमार लामिछानेका अनुसार गुरूङले २०७९ चैतमा परिवर्तित नाम ०७९/०८० कोशी (झ) लाई ललाइफकाइ विवाह गर्छु भन्ने प्रलोभनमा पारेर जबरजस्ती करणी गरेको आरोप छ ।

घटनापश्चात् फरार गुरूङ विभिन्न जिल्लामा लुकिछिपी बस्दै आएका थिए । उनीविरूद्ध मुलुकी अपराध संहिता, २०७४ अनुसार जबरजस्ती करणी मुद्दामा म्याद थप गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *