गुल्मीमा ट्र्याक्टर दुर्घटना हुँदा एक बालकको मृत्यु, चालक र सहचालक घाइते

गुल्मीस्थित तम्घास-सिमलटारी सडकखण्डअन्तर्गत छल्दीबाट तम्घासतर्फ जाँदै गरेको लु ४ त २४६५ नम्बरको ट्र्याक्टर रेसुङ्गा नगरपालिका-४, रायढुङ्गामा दुर्घटना हुँदा छ वर्षीय बालकको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय, गुल्मीका प्रहरी नायब उपरीक्षक शङ्कर पोखरेलका अनुसार दुर्घटनामा मालिका गाउँपालिका-२ का छ वर्षीय शिव विकको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका उनलाई उपचारका लागि गुल्मी अस्पताल लैजानेबित्तिकै अस्पतालले मृत घोषणा गरेको थियो ।

दुर्घटनामा ट्र्याक्टर चालक गुल्मीको धुर्कोट गाउँपालिक-५, वस्तुका २६ वर्षीय दीपक गोतामे र सहचालक बागलुङ बडिगाड गाउँपालिकाका १९ वर्षीय राजकुमार विक घाइते भएका छन् । उनीहरूलाई थप उपचारका लागि पाल्पा पठाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर