
नेपाल मेरा लागि दोस्रो घर हो : बलिउड अभिनेत्री जयाप्रदा


बलिउड अभिनेत्री जयाप्रदा नहताले नेपाल आफ्ना लागि दोस्रो घर रहेको बताएकी छन् । बिहीबार काठमाडौंमा भएको नेपाल-भारत कल्चरल फेस्टिबल कार्यक्रममा उनले यस्तो बताएकी हुन् ।
उनले नेपाल पशुपतिनाथको कृपाले महान रहेको बताइन् । उनले नेपाल आएर आफ्नो देशका बारेमा केही कुरा राख्न पाउँदा गर्वको महसुस भएको बताइन् । उनले नेपाल-भारत सम्बन्ध आगामी दिनमा झनै विस्तार गर्दै लैजानुपर्ने बताइन् ।
उनले आफू तीन पटक सांसद बनेको भए पनि अहिले पनि चलचित्र क्षेत्रबाट टाढा नगएको बताइन् ।
प्रतिक्रिया