एकीकृत समाजवादीमा वरिष्ठ उपाध्यक्ष पद थपियो, केन्द्रीय कमिटीको आकार पनि बढाइयो

दशौं महाधिवेशनको तयारीमा रहेको नेकपा (एकीकृत समाजवादी) ले वरिष्ठ उपाध्यक्ष पद सिर्जना गर्ने भएको छ । बिहीबार पार्टी कार्यालय आलोकनगरमा बसेको सचिवालय बैठकले वरिष्ठ उपाध्यक्ष पद थप गर्ने निर्णय गरेको हो ।

योसँगै वरिष्ठसहित सात उपाध्यक्ष हुनेछन् । सचिव सातदेखि ९ जनासम्म हुने जनाइएको छ । त्यस्तै बैठकले आगामी महाधिवेशनबाट केन्द्रीय कमिटी २९९ सदस्यीय बनाउने निर्णय पनि गरेको छ । यसअघि १९९ सदस्यीय केन्द्रीय कमिटी बनाउने प्रस्ताव गरिएको थियो ।

एकीकृत समाजवादीको महाधिवेशन यही असार १६-२० मा काठमाडौंमा हुँदैछ । पार्टीले केन्द्रीय पदाधिकारी २१ जना बनाउन प्रस्ताव गर्ने र वरिष्ठ उपाध्यक्ष र सम्मानित नेताको पद कायमै राख्ने भएको छ ।

उपाध्यक्षमा एक जना महिला उपाध्यक्ष सुरक्षित गर्ने निर्णय पार्टीले गरेको छ । । साथै यसअघिको व्यवस्थाअनुसार ५ प्रतिशत महाधिवेशन प्रतिनिधि केन्द्रीय कमिटीले मनोनयन गर्ने निर्णयलाई खारेज गरेको छ । बैठकले महाधिवेशनमा विशिष्ट नेताहरूलाई सम्मान गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर