बढुवा प्रक्रिया रोकिएपछि दुई एसएसपी अवकाशमा

डेढ महिनासम्म बढुवा प्रक्रिया रोकिएपछि नेपाल प्रहरीको प्राविधिक तर्फका दुई वरिष्ठ उपरीक्षक (एसएसपी) अवकाशमा गएका छन् ।

डीआईजीमा दरबन्दी रिक्त हुँदाहुँदै पनि प्रहरी प्रधान कार्यालयले बढुवा प्रक्रिया अघि नबढाउँदा उनीहरु बिहीबार अवकाशमा जानुपरेको हो । अवकाश हुनेमा प्राविधिकतर्फ स्वास्थ्य उपसमूहका एसएसपीद्वय डा.दीपक श्रेष्ठ र डा.सुवास आचार्य छन् ।

एसएसपीको ६ वर्षे पदावधि सकिएपछि उनीहरु अवकाशमा गएका हुन् । यदि, डीआईजीमा बढुवा भई उनीहरु अझै ५ वर्ष सेवामा रहन पाउँथे ।

बढुवा हुन नपाई अवकाशमा जानुपरेपछि प्रहरी महानिरीक्षक (आईजीपी) बसन्तबहादुर कुँवरप्रति श्रेष्ठले आपत्तिजनक अभिव्यक्ति दिएका छन् । उनले सामाजिक सञ्जालमा स्टाटस राख्दै नेपाल प्रहरीलाई आईजीपीले प्राइभेट कम्पनी बनाएको आरोप लगाएका हुन् । ‘अहिलेको सीइओ नालायक हो,’ उनले फेसबुकमा लेखेका छन् ।

प्रहरी स्रोतका अनुसार बढुवाका दाबेदार उपयुक्त नलागेमा ३ महिनासम्म प्रक्रिया रोक्ने कानुनी अधिकार प्रहरी नेतृत्वलाई हुन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर