राष्ट्रपतिलाई ‘कालो जादु’ गरेको आरोपमा माल्दिभ्सका जलवायुमन्त्री पक्राउ

माल्दिभ्सकी राष्ट्रपतिलाई ‘कालो जादु’ गरेको आरोपमा त्यहाँका वातावरण राज्यमन्त्रीलाई प्रहरीले पक्राउ गरेको अधिकारीले बताएका छन् ।

वातावरण, जलवायु परिवर्तन तथा ऊर्जा राज्यमन्त्री फतिमथ शामनाज अली सलिमलाई आइतबार अन्य दुई जनासहित राजधानी मालेमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । ‘उहाँलाई अनुसन्धानका लागि एक हप्ता हिरासतमा राख्न अनुमति दिइएको छ,’ एक अधिकारीले भने ।

‘राष्ट्रपति डा मोहम्मद मुइजुमाथि कालो जादु गरेको आरोपमा शामनाजलाई पक्राउ गरिएको खबर आएको छ,’ स्थानीय अनलाइन आउटलेट (सञ्चारमाध्यम) द सनले भनेको छ ।

मुस्लिम बहुल माल्दिभ्सको फौजदारी संहिताअन्तर्गत जादुटुना अपराध उल्लेख नभए पनि इस्लामिक कानुनअनुसार यो कार्यका लागि छ महिनासम्मको जेल सजाय हुन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर