कपिलवस्तु नापी कार्यालयका सर्वेक्षक गुप्ताविरूद्ध भ्रष्टाचार मुद्दा

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले कपिलवस्तुस्थित नापी कार्यालय चन्द्रौटाका सर्वेक्षक बेचनप्रसाद गुप्ताविरूद्ध आज विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

जग्गा कित्ताकाट गर्नका लागि गुप्ताले सेवाग्राहीसँग घुस लिएको अख्तियारको आरोप छ । अख्तियारको बुटवल कार्यालयको टोलीले गुप्ताको साथबाट घुसबापतको ३५ हजार रूपैयाँ पनि बरामद गरेको थियो ।
उनीविरूद्ध अख्तियारले ३५ हजार रूपैयाँ बिगो मागदाबी, जरिवाना र कैद सजाय माग गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर