
प्रतिनिधिसभाबाट अभिलेख संरक्षण (पहिलो संशोधन) विधेयक पारित


प्रतिनिधिसभाले अभिलेख संरक्षण (पहिलो संशोधन) विधेयक, २०८१ पारित गरेको छ । बिहीबार बसेको प्रतिनिधिसभा बैठकले विधेयक पारित गरेको हो ।
सभामुख देवराज घिमिरेले संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री हितबहादुर तामाङले अभिलेख संरक्षण (पहिलो संशोधन) विधेयक, २०८१ लाई पारित गरियोस् भनी राखेको प्रस्ताव सर्वसम्मतिले पारित भएको घोषणा गरे ।
प्रतिनिधिसभाको अर्को बैठक असार शुक्रबार बिहान ११ बजे बस्ने गरी बोलाइएको छ ।
प्रतिक्रिया