सर्वोच्च अदालतले नरोकेका गण्डकीका सांसद देवकोटालाई प्रदेशसभा प्रवेशमा रोक

गण्डकी प्रदेशसभाका सांसद फणीन्द्र देवकोटालाई प्रदेशसभा प्रवेशमा रोक लगाइएको छ । बिहीबार प्रदेशसभा बैठकमा सहभागी हुन पुगेका उनलाई मर्यादापालकले प्रदेशसभा प्रवेश गर्न नदिएका हुन् ।

नेकपा (माओवादी केन्द्र) को चुनाह चिह्नबाट चुनाव जितेका सांसद देवकोटाले नेपाली कांग्रेसबाट मुख्यमन्त्री बनेका सरेन्द्रराज पाण्डेलाई फ्लोर क्रस गरेर विश्वासको मत दिका थिए । देवकोटाले आफू नेपाल समाजवादी पार्टीको सांसद भएको र आफूलाई ह्वीप नलाग्ने भन्दै मुख्यमन्त्री पाण्डेलाई मत दिएका थिए ।

त्यसपछि उनलाई माओवादी केन्द्रले कारबाही गरेको थियो । माओवादी केन्द्रले सांसदबाट हटाएपछि उनले यसविरूद्ध सर्वोच्च अदालतमा रिट हालेका थिए ।

उनको रिटमा सर्वोच्चले सोमबार गण्डकी प्रदेशसभा सदस्यका रूपमा काम गर्न दिन अन्तरिम आदेश दिएको थियो । सर्वोच्चका न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले अन्तरिम आदेश दिदै सांसद पद खारेज नहुने आदेश दिएको हो ।

गत चुनावमा नेपाली कांग्रेस, माओवादी केन्द्रसहितको गठबन्धनबाट देवकोटाले चुनावमा भाग लिएका थिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर