झापाबाट पेस्तोलसहित एक जना पक्राउ

झापाको बिर्तामोड नगरपालिका–७ फक्तालुङ टोल बस्ने ३० वर्षीय सुरेश पराजुलीलाई १ थान कटुवा पेस्तोलसहित बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

सुरेशले आफ्नै भाउजुसँग झगडा गरेको भन्ने सूचनाको आधारमा अस्थायी प्रहरी चौकी गरामनी र इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले सोधपुछ तथा अनुसन्धानको क्रममा घर नजिकै निबुवाको बोटमुनि लुकाई राखेको अवस्थामा उक्त पेस्तोल फेला पारी उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर