रिलायन्स स्पिनिङलाई आईपीओ जारी गर्न अनुमति, प्रतिकित्ता ८२० रुपैयाँ
१३ असार २०८१ १३:३७
रिलायन्स स्पिनिङ मिल्सले साधारण सेयर (आइपिओ) जारी गर्न अनुमति पाएको छ । बुधबार धितोपत्र बोर्डले आईपीओ जारी गर्न अनुमति दिएको हो ।
रिलायन्सको सेयरको बुक बिल्डिङ विधिबाट मूल्य निर्धारण भएको छ । कम्पनीले प्रतिकित्ता ८२० रूपैयाँ ८० पैसाका दरले सेयर निष्कासन गर्नेछ । न्यूनतम ५० कित्ताको लागि आवेदन दिनुपर्ने कम्पनीले जनाएको छ ।
त्यसअनुसार सर्वसाधारणले रिलायन्सको ५० कित्ता सेयर किन्नुपर्दा ४१ हजार ४० स्पैयाँ खर्च गर्नु पर्नेछ ।
प्रतिक्रिया