
दुबई जान लागेका राजेशपायल राई मदिरा सेवन गरेको पाइएपछि विमानस्थलबाट फर्काइए


फाइल तस्बिर ।
सांगीतिक कार्यक्रमका लागि दुबई जान लागेका गायक राजेशपायल राई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फर्काइएका छन् । अत्यधिक मदिरा सेवन गरेको पाइएपछि उनलाई विमानस्थलबाट फर्काइएको हो ।
गायक राई बिहीबार बिहान १० बजे फ्लाइ दुबई एयरबाट दुबई जान लागेका थिए । उनी बोर्डिङ पास भएर जहाजमा समेत पुगिसकेका थिए ।
तर, उनले अत्यधिक मदिरा सेवन गरेको थाहा पाएपछि एयरलाइन्सले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा प्रहरी कार्यालयको जिम्मा लगाइदिएको थियो । कार्यालयले उनलाई ट्याक्सीमा हालेर घर पठाएको छ ।
गायक राई मदिरा सेवनकै कारण पटकपटक विवादमा आउने गरेका छन् ।
प्रतिक्रिया