पेरिस ओलम्पिकमा नेपाल प्रहरीकी मनिता श्रेष्ठ छनोट

फ्रान्सको पेरिसमा सञ्चालन हुने ‘गृष्मकालीन पेरिस ओलम्पिक’ मा नेपाल प्रहरीकी जुडो खेलाडी मनिता श्रेष्ठ प्रधान छनोट हुन सफल भएकी छिन् ।

आगामी साउन ११ देखि ३० सम्म सञ्चालन हुने उक्त प्रतियोगितामा अन्तर्राष्ट्रिय जुडो महासंघ (आईजेएफ) बाट वाइल्ड कार्ड मार्फत उनी छनोट भएको नेपाल प्रहरी खेलकुद समितिले जनाएको छ ।

मनिताले महिला ५७ केजी तौल समूह मुनि प्रतिस्पर्धा गर्नेछिन् । उनी ओलम्पिक स्कलरसिप प्राप्त खेलाडी समेत हुन् ।

पेरिस ओलम्पिकमा नेपालबाट टेबल टेनिसका स्यान्टु श्रेष्ठ, एथलेटिक्सकी सन्तोष श्रेष्ठ, ब्याडमिन्टनका प्रिन्स दाहाल, सुटिङकी सुस्मिता नेपाल तथा पौडीका एलेक्जान्डर शाह र डुवाना लामा पनि सहभागी हुनेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर