सहकारी ठगी प्रकरण

गृहमन्त्री लामिछानेको नाम जोडिएका सहकारीको कागजात झिकाउने छानबिन समितिको निर्णय

सहकारी संस्था बचत रकम दुरूपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नाम जोडिएका सहकारीको कागजात माग गर्ने निर्णय गरेको छ । बुधबार सिंहदरबारमा बसेको समितिको बैठकले अनुसूची २ मा रहेका ९ वटा सहकारी संस्थाहरूको कागजात माग गर्ने निर्णय गरेको हो ।

बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै समितिका सभापति सूर्यबहादुर थापाले अनुसूची २ मा रहेका आइडियल यमुना बहुउद्देश्यीय सहकारी, इमेज बचत तथा ऋण सहकारी, सहारा बचत तथा ऋण सहकारी, समानता बचत तथा ऋण सहकारी, सानो पाइला बचत तथा ऋण सहकारी, सुप्रिम बचत तथा ऋण सहकारी, सूर्यदर्शन बचत तथा ऋण सहकारी, सुमेरू बचत तथा ऋण सहकारी र स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाको कागजात माग गर्ने निर्णय गरिएको बताए ।

उनले समितिले ती सहकारीहरूको पछिल्लो साधारणसभाको प्रतिवेदन विवरण, लेखा परीक्षण प्रतिवेदन, सञ्चालक समितिको विवरण, लेखा सुपरीवेक्षण समिति र त्यसको प्रतिवेदन, अन्य आवश्यक वित्तीय विवरणहरू माग गरेको बताए । त्यस्तै समितिले विभिन्न सहकारीमार्फत गोर्खा मिडिया नेटवर्कमा प्रवाह भएको रकमको स्थितिसमेत ६ वटा बुँदासहित ९ वटा सहकारीहरूको कागजात माग गर्ने निर्णय गरेको बताए ।

गोर्खा मिडिया नेटवक प्रालिमा विभिन्न सहकारीबाट प्रवाह भएको रकमका सन्दर्भमा समितिले चासो देखाएको उनले बताए । कार्यादेशमा उल्लेख भएअनुसार समितिले काम अघि बढाइरहेको उनको भनाइ छ ।

उनले समितिले राजहाँसको भूमिका निर्वाह गर्ने गरी सहकारी ठगी प्रकरणमा तथ्य प्रमाण संकलन गर्ने बताए ।समिति कसैलाई ढाकछोप गर्न र नियतवश फसाउन बनेको समिति नभएको बताए ।

समितिले सहकारी क्षेत्रका ज्ञाता पूर्वमन्त्री, सहकारी विकास बोर्डका तत्कालीन अध्यक्ष दीपकप्रकाश बाँस्कोटा र पूर्वमन्त्री सहकारी महासंघका पूर्वअध्यक्ष केशवप्रसाद बडालसँग पनि छलफल गरेको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *