आफैं नेतृत्वको दाबी गरिरहेका झलनाथ घनश्यामलाई पार्टी अध्यक्ष बनाउन सहमत

नेकपा (एकीकृत समाजवादी) को दशौं महाधिवेशनको मिति नजिकिएसँगै पार्टीको आगामी नेतृत्व कसले लिने र कसलाई दिने भन्ने दौडधुप बढेको छ । असार १६ देखि २० गतेसम्म काठमाडौंमा हुने महाधिवेशनका लागि नेतृत्वको दौडधुपका दौरान पार्टीका सम्मानित नेता झलनाथ खनालले अध्यक्षमा हालका महासचिव घनश्याम भुसाललाई अघि बढाउने सहमति गरेका छन् ।

बुधबार खनालनिवास डल्लुमा भुसालसँगको भेटमा खनालले अध्यक्षमा भुसाललाई नै अघि बढाउने सहमति गरेको पार्टी स्रोतले जनाएको छ ।

नेकपा (एमाले) फुटेर बनेको एकीकृत समाजवादीको अध्यक्षमा खनाल स्वयंले दाबी गरिरहेका बेला उनले भुसालसँग यस्तो सहमति गरेका हुन् । अर्कातिर अध्यक्षमा पुनः दोहोरिन चाहिरहेका माधव नेपालले खनालको साथ खोजिरहेका बेला यो सहमति भएको हो ।

एक नेताका अनुसार चुनाव हुँदा खनालले भुसाललाई अघि सार्ने र सहमतिमा गए खनालले नेतृत्व गर्ने समझदारी भएको हो ।

याे पनि : एकीकृत समाजवादीमा को बन्ला अध्यक्ष र महासचिव ?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर