‘लागुऔषध दुर्व्यसनी न्यूनीकरणका लागि पाठ्यपुस्तकमा सचेतनाका विषय समावेश गरेका छौं’

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले लागुऔषध दुर्व्यसनी न्यूनीकरणका लागि विद्यालय तहका पाठ्यपुस्तकमा सचेतनाका विषय समावेश गर्नुपर्ने र सरकारले यो काम सुरू गरेको बताएकी छन् ।

बुधबार ‘लागुऔषध दुरूपयोग तथा अवैध ओसारपसारविरूद्धको अन्तर्राष्ट्रिय दिवस’ का अवसरमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले लागुऔषध दुरूपयोग तथा अवैध ओसारपसार गर्न नहुने सचेतना फैल्याउने विषय पाठ्यक्रमहरूमा समावेश नभएको भन्दै मन्त्रालयले ‘समाजसँग पाठ्यक्रम’ भनेर सो अभियान सुरू गरेको बताइन् ।

पाठ्यक्रममा विज्ञान र गणित मात्रै नभएर समाजको आवश्यकतालाई पनि समावेश गरी सचेत गराउन आवश्यक रहेको उनको भनाइ थियो । उनले डिग्नेफाइट अफ मेन्सुरेशन र मेन्टल हेल्थमा पनि काम गर्न आवश्यक रहेको बताइन् ।

लागुऔषध दुर्व्यसनीमा फसेकाहरूको अभिमुखीकरण गर्ने थेरापिस्टहरूलाई लाइसेन्सको व्यवस्था गर्न आवश्यक रहेको मन्त्री श्रेष्ठले बताइन् । उनले नेपालमा अहिले थेरापिस्ट (काउन्सिलरहरू) का लागि लाइसेन्सको प्रावधान नभएको भन्दै लाइसेन्सका लागि नेपाल हेल्थ प्रोफेशनल काउन्सिलसँग मिलेर काम गरिरहेको पनि बताइन् ।

उनले लागुऔषध दुर्व्यसनीमा फसेकाहरूको सहयोगका लागि लाइसेन्सको व्यवस्था भए सहयोगी सेन्टरहरू धेरै हुनसक्ने बताइन् ।

‘हामीले प्रिभेन्सलमा कुरा गर्दा विद्यालयका पाठ्यक्रमहरूमा यस्ता कुराहरू समावेश नगरेको रहेछ । त्यही क्रममा समाजसँग पाठ्यक्रम भनेर मन्त्रालयले लन्च गरेको छ,’ मन्त्री श्रेष्ठले भनिन्, ‘विज्ञान, म्याथ मात्रै होइन, समाजको चाहनालाई समावेश गरेर डिग्नेफाइट अफ मेन्सुरेशनमा काम गर्नु छ । यसरी मेन्टल हेल्थमा पनि काम गर्नु छ । यसमा धेरै सटल सन्देशहरू हुन्छ । काम गरिरहेकाहरूलाई थाहा छ कसरी टेक कियर गर्न सकिन्छ ।’

उनले लागुपदार्थ दुर्व्यसनीमा लाग्नबाट बालबालिका तथा युवाहरूलाई बचाउन सबैले सहयोग गर्न आवश्यक रहेको बताइन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *