पहिरो खसेपछि नारायणगढ-मुग्लिन सडक अवरूद्ध

नारायणगढ-मुग्लिन सडकखण्डअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका-६, जलबिरेमा पहिरो खस्दा सडक अवरूद्ध भएको छ ।

जिल्ला प्रहरी कार्यालय, चितवनका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक भेषराज रिजालका अनुसार आज बिहानदेखि भएको अविरल वर्षाका कारण पहिरो खसेपछि अवरूद्ध सडक खोल्ने प्रयास जारी छ ।

हाल पानी परिरहेकाले द्रुत गतिमा पहिरो पन्छाउन समस्या भएको उनले बताए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *