अविरल वर्षाले जलमग्न भयो विराटनगर, तटीय क्षेत्रका बासिन्दा विस्थापित हुने जोखिम

स्थानीय सरकार सधैं मूकदर्शक

अविरल वर्षाका कारण मोरङको विराटनगर क्षेत्र जलमग्न बनेको छ । साना-ठूला नदीहरूमा बढेको पानीको बहावले गर्दा नदी छेउका गाउँबस्ती थप जोखिममा परेका छन् ।

अविरल वर्षाका कारण विराटनगर महानगरवासीको जनजीवन प्रभावित बनेको छ । विराटनगर सिंघिया र केसलिया खोलाको तटीय क्षेत्रमा बसोवास गर्दै आएका सयौं घरपरिवार विस्थापित हुन सक्ने जोखिम छ ।

हरेक वर्षको बाढी र डुबानबाट विराटनगरवासी प्रभावित बन्दै आए पनि स्थानीय सरकारले दीर्घकालीन निकास दिन सकेको छैन । यसअघि २०७४ र २०७८ सालमा आएको बाढीले विराटनगरमा जनधनको क्षति भएको थियो । सिंघिया र केसलिया खोलामा आएको बाढी ‘ओभरफ्लो’ भएर विराटनगरका विभिन्न स्थानमा पसेको थियो । त्यसपछि महानगर र कोशी प्रदेश सरकारले बाढी रेस्पोन्स टिम गठन गरेर राहत तथा पुनर्स्थापनाको काम सुरू गरेको थियो ।

अहिले पनि पुनः विराटनगरवासीले सोही नियति भोग्नु परेको हो । पानीको निकासका लागि सरकारले दीर्घकालीन योजना बनाउन नसक्दा हरेक वर्ष वर्षा सुरू भएपछि खोला आसपास बस्ने सुकुम्वासीहरू प्रभावित हुने गरेका छन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *