लमजुङमा पहिरोमा परी मृत्यु हुनेको संख्या चार पुग्यो

लमजुङको क्व्होलासोथार गाउँपालिका-३, बगुममा गएराति खसेको पहिरोले पुरिएर मृत्यु हुनेको संख्या चार पुगेको छ । पहिरोले तीनवटा घर पुरिँदा बेपत्ता भएका उनीहरू मृत अवस्थामा भेटिएका हुन् ।

पहिरोमा पुरिएर ६७ वर्षीय रूद्रमान गुरूङ, उनकी बुहारी ३६ वर्षीया पञ्चकुमारी गुरूङ, नातिनी ४ वर्षीया नम्रता गुरूङ र ८ वर्षीया इच्छा गुरूङको शव भेटिएको स्थानीय चित्र घलेले बताए ।

प्रहरी र स्थानीयले भग्नावशेषबाट उनीहरूको शव निकालेका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *