कोशी सरकारविरुद्धको रिट सर्वोच्चद्वारा खारेज

सर्वोच्च अदालतले कोशी सरकारविरुद्ध परेको रिट खारेज गरेको छ ।

न्यायाधीशहरु कुमार रेग्मी, नहकुल सुवेदी र अब्दुल अजिज मुसलमानको इजलासले कोशीका मुख्यमन्त्री हिक्मत कार्कीको नियुक्तिलाई संविधानसम्मत ठहर गरेको हो ।

कोशीका निवर्तमान मुख्यमन्त्री तथा कांग्रेस नेता केदार कार्कीले मुख्यमन्त्री नियुक्तिको विरोध गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए । मुख्यमन्त्री बन्ने अन्तिम संवैधानिक विकल्पअनुसार आफू मुख्यमन्त्रीको बनेको र त्यस्तो सरकारलाई प्रदेशसभामा संकल्प प्रस्ताव पारित गरेर हटाउन नमिल्ने उनको जिकिर थियो ।

आफूलाई पदमुक्त गरी नयाँ सरकार गठनको प्रक्रिया अघि बढाउने प्रदेश प्रमुख परशुराम खापुङको निर्णयविरुद्ध उनले दिएको रिट सर्वोच्च अदालतले खारेज गरेको हो ।

कोशीमा एमाले संसदीय दलका नेता हिक्मत कार्की संविधानको धारा १६८ (५) अनुसार वैशाख २७ गते मुख्यमन्त्री नियुक्त भएका थिए ।

कार्कीले वैशाख ३१ गते प्रदेश सभामा विश्वासको मत लिए । कार्कीको विश्वासको मतको प्रक्रियाअघि नै अदालतमा रिट दर्ता भएको थियो । निवर्तमान मुख्यमन्त्री केदार कार्कीले वैशाख २७ गते नै रिट दर्ता गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर