बजेटले आर्थिक विकासको नयाँ चरण घोषणा गरेको छ : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारले प्रस्तुत गरेको बजेट तुलनात्मक रूपमा सन्तुलित, समन्यायिक र नतिजामूलक रहेको बताएका छन् ।

मंगलबार प्रतिनिधिसभा बैठकमा आर्थिक वर्ष २०८१/०८२ को विनियोजन विधेयकका शीर्षकमाथि उठेका प्रश्नहरूको जवाफ दिँदै उनले सो कुरा बताएका हुन् ।

उनले बजेटले आर्थिक विकासको नयाँ चरणको घोषणा गर्दै तीव्रतर विकासमार्फत आर्थिक, सामाजिक, भौगौलिक विषमतालाई अन्त्य गरी सुशासन, सामाजिक न्याय र समृद्धि हासिल गर्ने लक्ष्य राखेको बताए । सोहीअनुरूप स्रोत र साधनबाट बञ्चित र मानव विकास सूचकांकमा पछाडि परेका कर्णाली, मधेस, सुदूरपश्चिमलगायतका क्षेत्रमा प्रदेशको विशिष्टताका आधारमा रूपान्तरणकारी, ठूला, राष्ट्रिय प्राथमिकताप्राप्त आयोजना अघि सार्दै आवश्यक बजेट विनियोजन गरिएको उल्लेख गरे ।

उनले प्रदेशगत विनियोजनको तथ्यांक हेर्दा कर्णाली, मधेस प्रदेशलगायतका क्षेत्रहरूमा तुलनात्मक रूपमा पर्याप्त बजेट विनियोजन गरिएको बताए ।

साथै उनले बजेट बाँडफाँटका विषयमा प्रतिनिधिसभा सदस्यहरूले चासोका साथ उठाएका महत्त्वपूर्ण विषयहरूमा सरकारले आगामी दिनमा थप संवेदनशील भएर काम गर्ने विश्वास दिलाए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर