कलंकीमा सटर दिने भन्दै करोडौं ठगी, प्राइम बैंकका सञ्चालक बज्राचार्यसहित ५ पक्राउ

काठमाडौं प्रहरीले ५ अर्बभन्दा बढी रकम ठगीको आरोपमा प्राइम कमर्सियल बैंकका सञ्चालक नरेन्द्र बज्राचार्यसहित ५ जनालाई पक्राउ गरेको छ ।

कलंकी ट्रेड सेन्टरका व्यापारिक ईकाई (सटर) हरुको स्वामित्व हस्तान्तरण गर्ने भन्दै ठगी गरेको आरोपमा उनीहरुलाई जिल्ला प्रहरी परिसर काठमाडौंले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा काठमाडौं लाजिम्पाटका ६८ वर्षीय बज्राचार्यसहित राजु महर्जन, ललितपुर महानगरपालिका राजेशकृष्ण श्रेष्ठ, पाल्पा तानसेनका निरन्जन कुमार श्रेष्ठ, कास्कीका घर भएका चिरञ्जीवी पौडेल र स्याङ्जाका शान्तिरमण पंगेनी छन् ।

बज्राचार्य न्युरोड कम्प्लेक्समा रहेको कलंकी डेभलपर्स र मिला ल्यान्ड डेभलपमेन्ट प्रालिको सञ्चालक समितिका अध्यक्ष समित हुन् । उनले सटरहरुको स्वामित्व हस्तान्तरण गर्ने भन्दै १३ करोड ७३ लाख रुपैयाँ ठगी गरेको उजुरी परेको काठमाडौं प्रहरीले जनाएको छ ।

पक्राउ परेका अन्य व्यक्तिले सटर दिने भन्दै व्यापारीबाट रकम उठाएका थिए । उनीहरुले ४० लाखमा सटर दिने भन्दै ५ जनाभन्दा बढी व्यवसायीबाट रकम उठाएको पनि प्रहरीले बताएको छ । उनीहरुले यसरी ५ अर्बभन्दा बढी रकम संलकन गरेको प्रहरीले जनाएको छ ।

काठमाडौं जिल्ला अदालतबाट तीन दिनको म्याद लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर