
प्रतिनिधिसभाबाट बहुमतले पारित भयो विनियोजन विधेयक

विनियोजन विधेयक, २०८१ प्रतिनिधिसभाबाट बहुमतले पारित भएको छ ।
मंगलबार अर्थमन्त्री वर्षमान पुनले प्रतिनिधिसभाको बैठकमा विनियोजन विधेयक, २०८१ लाई पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेका थिए । सो प्रस्तावमाथि संसदका बहुमत सांसदहरूले सहमति जनाएका हुन् ।
बहुमत सांसदहरूको समर्थनसँगै सभामुखले विनियोजन विधेयक, २०८१ लाई प्रतिनिधिसभाबाट बहुमतले पारित भएको घोषणा गरे ।
प्रतिक्रिया