आगामी आर्थिक वर्षमा ४५ सय मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य रहेको छ : मन्त्री बस्नेत

ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेतले आगामी आर्थिक वर्षमा कुल विद्युत उत्पादन ४५ सय मेगावाट पुर्याउने लक्ष्य राखिएको बताएका छन् ।

सोमबार प्रतिनिधि सभा बैठकमा बोल्दै मन्त्री बस्नेतले सरकारले आगामी आर्थिक वर्षमा कुल विद्युत उत्पादन ४५ सय मेगावाट पुर्याउने लक्ष्य राखेको बताएका हुन् । आगामी १२ वर्षमा कुल विद्युत उत्पादन क्षमता २८ हजार ५०० मेघावाट पुर्याउने लक्ष्य राखिएको पनि उनले जानकारी दिए । नीजि क्षेत्रलाई विद्युत व्यापारमा संलग्न गराउन सरकारले कानूनी व्यवस्था गरेको पनि बताए । ऊर्जा क्षेत्रमा नीजि क्षेत्रको सहभागितालाई अझै वृद्धि गरिने जानकारी दिए ।

‘आगामी १२ वर्षमा कुल विद्युत उत्पादन क्षमता २८ हजार ५०० मेगावाट पुर्याउने र सो अनुसारको प्रशारण र वितरण प्रणालीको क्षमता अभिवृद्धि गर्ने लक्ष्यसहितको ऊर्जा विकास मार्गचित्र तथा कार्ययोजना २०८० कार्यान्वयनमा लगिएको छ । उत्पादन, प्रशारण, निर्माण, वितरण प्रणालीमा सुधार र विस्तार, आन्तरिक खपत वृद्धि, वचत विद्युत निर्यात व्यापारको एकीकृत रोडम्याप र कार्ययोजना नै हाम्रो ऊर्जा विकासको मार्गचित्र र कार्ययोजना हो’, उनले भने ।

मन्त्री बस्नेतले सोलार लगायत वायु ऊर्जामा पनि काम गरिराखेको बताए । ८०० मेगावाट सोलार उत्पादनका लागि पिपिएको काम गर्न लागिएको पनि जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *