सरकार र संसदका कर्मचारीबीच ७ बुँदे सहमति, भत्ता बढाइने

सरकार र संसद सचिवालयका कर्मचारीबीच ७ बुँदे सहमति भएको छ । सहमतिअनुसार भत्ता बढाइने भएको छ ।

सहमति अनुसार संसद् सचिवालयका कर्मचारीको आवास भत्ता, शैक्षिक भत्ता र खाजा खर्च बढ्ने भएको हो ।

यस्तै, कर्मचारीको शैक्षिक भत्तामा मासिक तीन सय वृद्धि गर्ने, अतिरिक्त समयमा काम गरेबापत खाजा तथा खाना खर्च दैनिक एक सयले वृद्धि गर्ने सहमति भएको छ ।

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरी, संसद् सचिवालयका महासचिव पद्यप्रसाद पाण्डे र कर्मचारी युनियनबीच सोमबार वार्ता भएको थियो । तलबभत्ता वृद्धि माग राख्दै संसदका कर्मचारीले आन्दोलन गर्दै आएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर