बेलग्रेडमा अलपत्र युवाको उद्धार र म्यानपावरलाई कारबाही होस्ः गुरुङ

कांग्रेसका उपसभापति धनराज गुरुङले राम्रो पारिश्रमिकको प्रलोभन देखाई विदेश पठाउने र अलपत्र पार्ने म्यानपावर कम्पनीहरुलाई कारबाही गर्न सरकारसँग आग्रह गरेका छन् ।

प्रतिनिधि सभाको सोमबारको बैठकमा आकस्मिक समयमा उनले कुवेतको नेपाली जनसम्पर्क समिति कार्यक्रममा सहभागी भई आफू स्वदेश फर्किने क्रममा ५ जना नेपाली बेलग्रेडबाट फर्काइएको अवस्थामा पाएको उल्लेख गरे ।

उनले झापाको खगोल म्यानपावर र काठमाडौंको डायनामिक मुख्य म्यानपावरबाट प्रतव्यक्ति साढे ६ लाख रुपैयाँ लिएर बेलग्रेड पु¥याइएको र विमानस्थलमा अलपत्र परी फर्किएको एवं १० जना नेपाली अझै अलपत्र रहेको बताए ।

१५ जना मध्ये १४ जना झापा जिल्लाको र एक जना बर्दिया जिल्लाको रहेको जानकारी आफूले पाएको बताउँदै उनले ठगिएका युवाहरुलाई क्षतिपूर्ति दिन र म्यानपावर कम्पनीलाई कारबाही गर्न आग्रह गरे ।

अलपत्र युवाहरुलाई सरकारले विशेष पहल गरी स्वदेश फर्काउन पनि उनले आग्रह गरे ।
‘कुवेतमा अझै पनि ४१ हजार नेपाली महिला दिदिबहिनीहरु त्यहाँ हुनुहुन्छ । त्यसमध्ये २७ हजार महिलाहरु गैरकानूनी रुपमा रहेको सूचना पाएको छु । गत ६ महिना भित्र १० हजार नेपाली महिलाहरु गैरकानूनी बाटोबाट त्यहाँ गएका छन् । यो दुःखलाग्दो कुरा हो । सरकारले ढोका बन्द गरेर झ्याल खुला गर्दा यो समस्या आएको हो,’ उनले भने ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *