अनलाइन जुवा र सट्टेबाजीमार्फत ३ करोडभन्दा बढी कारोबारमा संलग्न युवक पक्राउ

अनलाइन जुवा र सट्टेबाजी खेल्ने, खेलाउने युवकलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं–५ का ३० वर्षीय किपेश महर्जन छन् ।

प्रहरीका अनुसार बेटिङ वेबसाइटका एपहरुमार्फत उनी जुवा खेलाउन सक्रिय थिए ।

महर्जनलाई कालोपुलबाट पक्राउ गरी अनुसन्धान गर्दा उनले प्रयोग गर्ने गरेको मोबाईल क्यास एप लगायतका बेटिङ साइटमा ६८ लाख ८८ हजारको कारोबर गरेको फेला परेको छ । यस्तै, विभिन्न व्यक्तिको नाममा सञ्चालित वालेट तथा बैंक खातामा २ करोड ७२ लाख रकम कारोबार गरेको पाइएको छ ।

उनलाई कारबाहीका लागि जिल्ला प्रहरी परिसर टेकु काठमाडौं पठाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर