कर्मचारी सरुवा स्थगित गर्ने संघीय मामिला मन्त्रालयको निर्णय

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कर्मचारी सरूवासम्बन्धी काम तत्कालका लागि स्थगित गरेको छ ।

मन्त्रालयले एक सूचना जारी गर्दै असार ६ को निर्णयनुसार कर्मचारीको सरूवा स्थगित गरिएको जानकारी दिएको छ । मन्त्रालयले सरूवालाई व्यवस्थित गर्नका लागि सरूवा सम्बन्धी मापदण्ड तयारी कार्य गर्नुपर्ने जनाएको छ । त्यसैका लागि कर्मचारीको सरूवासम्बन्धी कामहरू तत्काल लागि स्थगित गरिएको हो ।

अर्को सूचना प्रकाशित नभएसम्मका लागि सरूवाका निर्णय नहुने मन्त्रालयको सूचनामा उल्लेख छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर