शहरी विकास मन्त्रालयको बजेट असन्तुलित रहेको भन्ने भनाईमा सत्यता छैन : मन्त्री बुढा

शहरी विकासमन्त्री धनबहादुर बुढाले आफ्नो मन्त्रालयको बजेट असन्तुलित रहेको भन्ने भनाईमा सत्यता नरहेको बताएका छन् ।

आईतवार प्रतिनिधि सभा बैठकमा मन्त्रालयको विनियोजित बजेटमाथि सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले सो दावी गरेका हुन् । मन्त्री बुढाले योजनाहरुको आवश्यकता र सन्तुलित तवरले मन्त्रालयको बजेट विनियोजनको प्रयास गरिएको जिकिर गरे । उनले संघीय संसद भवन, मन्त्री निवास, मुख्यमन्त्री निवास, प्रदेश प्रमुख लगायतका विशेष प्रकृतिका भवन निर्माण गर्नु परेकाले अन्य प्रदेशभन्दा बागमती प्रदेशको बजेट बढी देखिएको पनि स्पष्ट पारे । मन्त्री बुढाले आयोजनाहरुको पूर्वतयारीका लागि ५ लाख भन्दा बढिको बजेट विनियोजन गर्ने बाध्यता आईपरेको पनि बताए ।

मन्त्री बुढाले आफूले सबै जिल्लामा योजनाहरु पुग्नेगरी बजेटको विनियोजना गरेको दाबी पनि गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *