जीबी राईलाई पक्राउ गर्ने नियत गृहमन्त्रीको छैनः सांसद महत

कांग्रेसका सांसद डा. प्रकाशशरण महतले उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछाने कुरा बढी काम उल्टो गर्ने बाटोमा हिँडेको आरोप लगाएका छन् ।

आइतबार संसद भवन बाहिर सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले गृहमन्त्रीले अहिलेसम्म बोलेका कुराहरु कुनै पनि दिगो र सत्य नभएको दाबी गरे । जीबी राईलाई आकाश, पातालबाटै खोजेर ल्याउने भन्नेकुरा धेरै पहिला भनेको भए पनि हालसम्म पक्राउ गर्न नसकेको महतको भनाइ थियो ।

‘जिबी राईको बारेमा आकाश, पाताल गरेरै ल्याउँछौँ भन्नुभएको थियो । कुनै त्यस्तो ल्याउने नियत देखिँदैन । उहाँलाई आयो र उसले बयान दियो भने झनै अफ्ठ्यारोमा पर्नसक्छ भन्ने लागेको हुनसक्छ । कुरा बढी, काम उल्टो छ,’ उनले भने ।

उनले प्रधानमन्त्री पुष्पकमल दाहालले पनि धेरै कुरा बोल्ने, विश्वास दिलाउने तर काम नगरेको आरोप लगाए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *