आन्तरिक सुरक्षाको नै जानकारी छैन रक्षामन्त्रीलाई

रक्षामन्त्री हरि उप्रेतीले आन्तरिक सुरक्षामाथि नै प्रश्नचिह्न उठ्ने गरी आइतबार संसद्मा अभिव्यक्ति दिएका छन् । उनको अभिव्यक्तिले नेपालको सुरक्षा संयन्त्रमाथि पनि प्रश्न उठाएको छ ।

संसद् बैठकमा बोल्ने क्रममा मन्त्री उप्रेतीले विदेशबाट आएको सुरक्षाकर्मीले इन्काउन्टर गर्दा नेपालको सुरक्षाकर्मीलाई थाहा नहुने, सुरक्षा परिषद्लाई पनि थाहा नहुने अभिव्यक्ति दिएका हुन् । यसले मन्त्री स्वयंलाई आन्तरिक सुरक्षाको नै जानकारी नभएको स्पष्ट हुन्छ ।
मन्त्रीले सुरक्षा संयन्त्रका प्रमुख, राष्ट्रिय सुरक्षा परिषद्मार्फत देशको सुरक्षासम्बन्धी जानकारी पाउने भए पनि महत्वपूर्ण विषयमा उनलाई जानकारी नहुने यो अभिव्यक्तिले संकेत गरेको छ ।

‘कुनै अपराधीहरु आएर लुक्यो । विदेशबाट आएको सुरक्षाकर्मीले इन्काउन्टर गर्दाखेरि नेपालको सुरक्षाकर्मीलाई थाहा हुँदैन । सुरक्षा परिषद्लाई थाहा हुँदैन । त्यो अवस्था पनि छ,’ उनले भने ।

मन्त्री उप्रेतीले राष्ट्रिय सुरक्षा परिषद् पनि प्रभावकारी नभएको जिकिर गरेका छन् । ‘तीनैवटा सुरक्षा संयन्त्रको समन्वय गर्दै राष्ट्रिय सुरक्षा परिषद्लाई सशक्त र प्रभावकारी बनाउनुपर्ने छ । त्यसको लागि रक्षा मन्त्रालयले विशेष प्राथमिकताका साथ राष्ट्रिय सुरक्षा परिषद् सम्बन्धी विधेयक तर्जुमा भइ प्रक्रियामा अगाडी बढिसकेको छ,’ उनले संसद्मा भने ।

संसद्मा अन्य सांसदले राखेका प्रश्नको जवाफ दिने क्रममा मन्त्री उप्रेतीले सामान्य अवस्थामा नेपाली सेना हतियार लिएर सीमा सुरक्षाको लागि बस्न नमिल्ने बताए । सेनाले दूरीमा बसेर सीमा सुरक्षाको निगरानी गरिरहेको बताउँदै उनले नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता वा कुनै भागको सुरक्षामा युद्ध, बाह्य आक्रमण, सशस्त्र विद्रोह वा चरम आर्थिक विश्रृंखलताको कारणले गम्भीर संकट उत्पन्न भएमा मन्त्रिपरिषद्को निर्णय अनुसार राष्ट्रपतिले सेना परिचालनको घोषणा गर्न सक्ने भन्दै त्यस्तो परिस्थिति आएमा सेना तयार रहेको जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर