दोस्रो महिला हाफ म्याराथनमा नेपाल प्रहरीलाई दुई पदक

काठमाडौंमा सम्पन्न दोस्रो महिला हाफ म्याराथन प्रतियोगिता २०८१ मा नेपाल प्रहरीले २ वटा पदक हासिल गर्न सफल भएको छ ।

सशस्त्र प्रहरी परिवार महिला संघको २३ औं वार्षिकोत्सवको अवसरमा शनिबार सञ्चालित उक्त प्रतियोगितामा नेपाल प्रहरीको तर्फबाट राजपुरा प्रसाईले हाफ म्याराथनमा १ घण्टा १९ मिनेट ० सेकण्ड ७९ पल्समा दौड पूरा गरी स्वर्ण पदक हासिल गरेकी हुन् । यसैगरी राममाया बुढाले हाफ म्याराथनमा १ घण्टा २३ मिनेट १० सेकेण्डमा दौड पूरा गरी रजत पदक हासिल गरेकी हुन् ।

यस्तै, सीता दाहाल राष्ट्रिय महिला कबड्डी प्रतियोगितामा नेपाल प्रहरीको महिला कबड्डी टिमले तृतीय स्थान हासिल गर्न सफल भएको छ । अखिल नेपाल कबड्डी संघको आयोजनामा असार ३ गतेदेखि ७ गतेसम्म काठमाडौंमा सञ्चालित उक्त प्रतियोगितामा ८ वटा टिमको सहभागिता थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *