विदेशी सुरक्षाकर्मी आएर इन्काउन्टर गर्छ, नेपाली सुरक्षाकर्मीलाई थाहा हुँदैनः रक्षामन्त्री उप्रेती

रक्षामन्त्री हरि उप्रेतीले विदेशबाट आएका सुरक्षाकर्मीले इन्काउन्टर गरिसक्दा पनि नेपाली सुरक्षाकर्मीलाई जानकारी नहुने बताएका छन् ।

आज संसद्मा मन्त्रालयगत बजेट छलफल र त्यस क्रममा उठेका प्रश्नको जवाफ दिने क्रममा मन्त्री उप्रेतीले यस्तो बताएका हुन् । उनले राष्ट्रिय सुरक्षा परिषद् प्रभावकारी हुन नसकेको र त्यसका लागि विधेयक ल्याएको बताएका छन् ।

‘राष्ट्रिय सुरक्षा परिषद्लाई अझ प्रभावकारी र सबै सुरक्षा संयन्त्रबीच सशक्त समन्वयको माध्यमबाट राष्ट्रिय सुरक्षालाई मजबुत बनाउन आवश्यक परेको र बाह्य चलखेललाई जस्तो कुनै अपराधी आएर लुट्यो, विदेशबाट आएका सुरक्षाकर्मीले इन्काउन्टर गर्यो, नेपालका सुरक्षाकर्मीलाई थाहा हुँदैन, सुरक्षा परिषद्लाई पनि थाहा हुँदैन, त्यस्तो अवस्था पनि छ । त्यसका लागि तीनवटै सुरक्षा संयन्त्रलाई समन्वय गर्न र राष्ट्रिय सुरक्षा परिषद्लाई मजबुत बनाउन विधेयक ल्याएका छौं,’ उनले भने ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर