सुनको मूल्य तोलामा २७ सयले घट्यो

आइतबार एकै दिन सुनको मूल्य तोलामा २७ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको मूल्य प्रतितोला १ लाख ४२ हजार रुपैयाँ तोकेको छ ।

यसअघि शुक्रबार प्रतितोला १ लाख ४४ हजार ७ सय रुपैयाँ थियो । जेठ २५ गते सुनको मूल्य हालसम्मकै उच्च प्रतितोला १ लाख ४५ हजार रुपैयाँ पुगेको थियो ।

त्यस्तै चाँदीको भाउ तोलामा ५० रुपैयाँ घटेको छ । शुक्रबार प्रतितोला १८ सय ६५ रुपैयाँ रहेको चाँदी आज १८ सय १५ रुपैयाँमा झरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *