स्वास्थ्य क्षेत्रमा राज्यको लगानी बढ्दो

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव हरि प्रसाद मैनालीले स्वास्थ्य क्षेत्रमा बजेट बढाउँदै लगेको बताएका छन् । जीवन विज्ञान नामको संस्थाले आजयहाँ आयोजना गरेको साताव्यापी ऊर्जा ध्यान शिविरमा उनले जनताको प्रत्यक्ष सरोकार राख्ने स्वास्थ्य क्षेत्रमा सरकारले क्रमशः लगानी बढाउँदै गएको बताए ।

सचिव मैनालीले स्वास्थ्य क्षेत्रमा भएको लगानीलाई कम गर्न रोग लाग्नुभन्दा रोग लाग्नै नदिने उपाय अवलम्बन गर्नुपर्नेमा जोड दिए । सचिव मैनालीले भने, देशमा जटिल र नसर्ने रोगका बिरामीको सङ्ख्या बढ्दै गएको छ । सर्नेभन्दा नसर्ने रोग  चुनौती बनेका  छन् । जथाभावी खानपानले रोग बढेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *