बाढीले बगाउँदा जाजरकोटमा एकजनाको मृत्यु

जाजरकोटमा बाढीले बगाउँदा एकजनाको मृत्यु भएको छ । शनिबार राति तारेचौर खोलामा आएको बाढीले बगाउँदा कुशे गाउँपालिका पैंकका ईन्द्र रोकायाको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय जाजरकोटका अनुसार शनिबार राति ११ बजे एक्कासि खोलामा बाढी आउँदा ६ जनालाई बगाएको थियो । तीमध्ये रोकाया मृत भेटिएको थियो ।

जाजरकोटका प्रहरी प्रमुख पुरुषोत्तम प्रसाद पाण्डेका अनुसार राति माछा मार्न गएको बेला एक्कासी बाढी आउँदा ६ जनालाई बगाएको रहेको थियो । पाँचजना आफैं निस्किएका थिए भने एकजना मृत्यु भएको अवस्थामा उद्दार गरिएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *