वामपन्थी पार्टी एकीकरणको तयारीमा छौंः सापकोटा

पूर्वसभामुख एवं माओवादीका उपाध्यक्ष अग्निप्रसाद सापकोटाले कम्युनिष्ट पार्टीको पुनर्गठनको तयारी भइरहेको बताएका छन् ।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले मुद्दा मिल्नेहरुसँग खुकुलो प्रकारको मोर्चा बनाइ बृहत् वामपन्थी एकीकरण गर्ने तयारीमा रहेको बताएका हुन् ।

कम्युनिष्ट पार्टीलाई विगतमा जोगाउन नसकिएको उल्लेख गर्दै सापकोटाले अहिले बनेको नयाँ समीकरण हुँदै बृहत वामपन्थी एकीकरण र कम्युनिष्ट पार्टीको पुनर्गठनतिर अघि बढिरहेको जिकिर गरे । उनले वामपन्थी एकीकरणले सरकार र देश चल्दैन भन्ने टिप्पणी आइरहेको भन्दै उक्त विचार पूर्ण रुपमा खारेज गर्नुपर्ने बताए । जनता वामपन्थीहरुलाई मन पराउने मात्रै नभइ फेरि कम्युनिष्ट पार्टीको पुनर्गठन चाहिरहेको उनको भनाइ थियो ।

‘राजनीतिक पुनःगठनमा मलाई के लाग्छ भने बृहत वामपन्थी एकीकरण यो मुद्दा मिल्नेहरुसँग खुकुलो प्रकारको मोर्चा, बृहत वामपन्थी एकीकरण र कम्युनिष्ट पार्टीको पुनःगठन । हिजो हामीले पुनःगठन गरेका थियौँ । त्यसलाई हामीले जोगाउन सकेनौँ । त्यो विघटन भएको छ । आज नयाँ समीकरण बनेको छ । यो नयाँ समीकरण हुँदै हामी वृहत वामपन्थी एकीकरण हुँदै कम्युनिष्ट पार्टीको पुनर्गठनतिर जाँदैछौं,’ उनले भने ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *