साउदी अरबमा हज यात्रा गर्ने एक हजारभन्दा बढीको गर्मीले मृत्यु

साउदी अरबमा हज यात्राका क्रममा एक हजारभन्दा बढीको मृत्यु भएको छ । तीमध्ये अधिकांशको मृत्युको कारण अत्यधिक गर्मी थियो, किनभने मानिसहरूले ५१ डिग्री सेल्सियसभन्दा बढी तापक्रमको सामना गर्नुपरेको थियो ।

समाचार एजेन्सी एएफपीले एक अरब कूटनीतिज्ञलाई उद्धृत गर्दै हज यात्राका क्रममा मात्रै ६५८ इजिप्टका नागरिकको मृत्यु भएको बताएको छ । इन्डोनेसियाले आफ्ना २०० भन्दा बढी नागरिकको मृत्यु भएको जनाएको छ भने भारतले ९८ जनाको मृत्यु भएको जनाएको छ ।

यसबाहेक पाकिस्तान, मलेसिया, जोर्डन, इरान, सेनेगल, ट्युनिसिया, सुडान र इराकको स्वायत्त कुर्दिस्तान क्षेत्रका नागरिकको पनि मृत्यु भएको पुष्टि भएको छ । वाल स्ट्रिट जर्नलको रिपोर्टका अनुसार हज यात्राका क्रममा धेरै अमेरिकीको पनि मृत्यु भएको छ ।

हज मुस्लिमहरूको सबैभन्दा ठूलो धार्मिक पर्व हो । यो इस्लामको पाँच आधारभूत आधारहरू मध्ये एक हो । हरेक शारीरिक र आर्थिक रूपमा सक्षम मुस्लिमको लागि यो अनिवार्यजसो मानिन्छ ।

यही कारणले गर्दा हरेक वर्ष निश्चित समयमा विश्वभरका लाखौं पुरुष तथा महिला हज गर्न साउदी अरेबियाको मक्का सहरमा भेला हुन्छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर