सेनाको पदिक तथा बिल्लादार अधिकृतको परीक्षामा ३३ उत्तीर्ण

नेपाली सेनाको स्वीकृत दरबन्दीमा रिक्त रहेको अधिकृत पद आन्तरिक प्रतियोगिताद्वारा पदपूर्ति गर्ने सिलसिलामा सि.सं. ५२ पदिक तथा बिल्लादार अधिकृत क्याडेटको गुणमापक परीक्षाको नतिजा आएको छ ।

परीक्षामा ३३ जना उत्तीर्ण भएका छन् । उत्तीर्ण हुनेमा होम बहादुर सिंखडा, माधवमणि नेवार, नारायण महतारा क्षेत्री, विनोद घर्ती मगर, राजन थापा, मीनबहादुर थापा, भरत श्रेष्ठ, प्रकाश सिंह पेला, लक्ष्मण बहादुर पाण्डेय, पुण्य प्रसाद कटेल, कोमल प्रसाद कोइराला, आश्विन खत्री, लक्ष्मण वि.क., रामकाजी बस्नेत, पदम बहादुर डिसुवा मगर छन् ।

यस्तै, मनोज गुरुङ, सन्दीप श्रेष्ठ, टोपेन्द्र परियार, महेन्द्र बाबु बोगटी, प्रदीप चन्द, शिव बहादुर बुढा, दल बहादुर खत्री, भूपेन्द्र सिंह भण्डारी, सुरेश ढकाल, रवि अधिकारी, जय बहादुर कुँवर, भीमप्रसाद ढकाल, जितेन्द्र लामा, शंकर थारु, वीरेन्द्र पण्डित क्षेत्री, सौगात सिलनाल, श्रीराम फूल, भुवन बोटे पनि उत्तीर्ण भएका छन् ।

गुणमापक परीक्षामा उत्तीर्ण उम्मेदवारहरुलाई यही असार ९ मा वीरेन्द्र अस्पताल, छाउनीमा विस्तृत स्वास्थ्य परीक्षण संचालन हुने हुँदा प्रवेश पत्र लिएर उपस्थित हुन सेनाले सूचित गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर