संसदीय समितिले सरकारलाई भन्यो- सिमेन्ट उद्योगलाई खनिज मापनका लागि ६ महिना म्याद थपिदिनू

सिमेन्ट उद्योगस्थलमा रहेको तौल पुल प्रयोग गरी उत्खनित खनिजको परिणाम मापन गर्नेगरी ६ महिनाको अवधि थप गर्न सरकारलाई संसदीय समितिले निर्देशन दिएको छ।

शुक्रबार बसेको प्रतिनिधिसभाअन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले बैठकले सरकारलाई यस्तो निर्देशन दिएको हो। बैठकमा समिति सभापति अब्दुल खानले सिमेन्ट उत्पादक संघले दिएको निवेदनका विषयमा छलफल गर्दा खानी तथा खनिज पदार्थ नियमावली, २०५६ को नियम १९ को अंगमा खनिज पदार्थ भण्डारण गर्ने स्थलमा खनिज कार्यको परिणामको नाप गर्ने यथोचित यन्त्रहरू राख्नुपर्ने व्यवस्था रहेको बताए।

सभापति खानले उक्त व्यवस्थाबाट स्वदेशी सिमेन्ट उद्योगहरूलाई नियमित एवं सुचारु रूपले सञ्चालन गर्न नसक्ने गरी जारी भएको सूचनाबाट उद्योगहरू बन्द हुने अवस्थामा रहेकोतर्फ समितिको ध्यानाकर्षण भएको बताए। उनले हाललाई उद्योगस्थलमा रहेको तौल पुल प्रयोग गरी उत्खनित खनिजको परिणाम मापन गर्नेगरी ६ महिनाको अवधि थप गर्न सरकारलाई निर्देशन दिए।

सभापति खानले खानी तथा खनिज पदार्थ नियमावली, २०५६ लाई यथाशीघ्र संशोधन गरी खानी तथा खनिज पदार्थको उत्खननका सम्बन्धमा स्पष्ट कानुनी व्यवस्था गर्न उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन दिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *