सिमेन्ट उद्योगका जटिलता हटाउन सकारात्मक छौँ : उद्योगमन्त्री भण्डारी

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले उद्योगहरुको पक्षमा कानून निर्माण गरी उद्योगका जटिलता हटाउन सरकार सकारात्मक रहेको बताएका छन् ।

शुक्रवार बसेको प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले बैठकमा बोल्दै उद्योगमन्त्री भण्डारीले यस्तो बताएका हुन् । उनले सरकारले बनाउने हरेक कानूनहरु उद्योगमैत्री बनाउन नसके अहिले उद्योगमा देखिएका समस्या समाधान गर्न नसकिने उल्लेख गरे ।

उनले सिमेन्ट उद्योगमा देखिएका समस्या समाधान गर्नको लागि सरकारले कानून संशोधन गर्नुको विकल्प नरहेको बताए । समितिले सिमेन्ट उद्योगको लागि गर्ने निर्णय मन्त्रालय मान्न तयार रहेको बताए । समितिले सिमेन्ट उद्योगले उत्पादित खनिज परिणाम तौल पुलमा मापन गर्न समितिको म्याद थप मान्न तयार रहेको बताए ।

मुलुकमा भएका सिमेन्ट उद्योगलाई थप माथि उठाउन आवश्यक रहेको भन्दै त्यसको लागि उद्योगको पक्षमा कानून निर्माण गर्न आवश्यक रहेको बताए । सिमेन्टको गुणस्तर,सामाजिक र वातावरणमैत्री बनाउन मन्त्रालय गम्भिर रहेको बताए ।

उहाँले सरकारले बनाउने कानूनहरुलाई उद्योगमैत्री बनाउने विषयमा मन्त्रालय सहजिकरण गर्न तयार रहेको बताए । उनले कानूनमा रहेका अस्पष्टताहरु हटाउनको लागि खानी तथा खनिज पदार्थ नियमावली संशोधन गर्न आवश्यक रहेको पनि बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *