निर्वाचन आयुक्तमा सिफारिस भएका कृष्णमानको संसदीय सुनुवाइ सुरु

निर्वाचन आयोगको आयुक्तमा सिफारिस भएका कृष्णमान प्रधानको संसदीय सुनुवाइ प्रक्रिया सुरु भएको छ ।

सिंहदरवारमा शुक्रबार बसेको संसदीय सुनुवाइ समिति बैठकले प्रधानको सुनुवाइका लागि सार्वजनिक उजुरी आह्वान गर्ने निर्णय गरेको छ ।

प्रधानविरुद्ध कुनै सूचना वा उजुरी भएमा १० दिनभित्र समितिमा बुझाउन सार्वजनिक सूचना जारी गर्ने निर्णय गरेको समितिले जनाएको छ ।

गत आइतबार बसेको संवैधानिक परिषद्को बैठकले प्रधानलाई निर्वाचन आयोगको आयुक्तमा सिफारिस गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर