आईसीसी टी–२० विश्वकप : भारतले अफगानिस्तानलाई ४७ रनले हरायो

आईसीसी टी–२० विश्वकप अन्तर्गत सुपर-८ को तेस्रो खेलमा भारतले अफगानिस्तानलाई ४७ रनले पराजित गरेको छ। ब्रिजटाउनको किंग्स्टन ओभल स्टेडियममा भारतले दिएको १८२ रनको लक्ष्य पछ्याएको अफगानिस्तानले निर्धारित २० ‌ओभरमा अलआउट हुँदै १३४ रन मात्र बनाउन सक्यो।

अफगानिस्तानका लागि अजमातुल्लाह उमरजाईले २६, नजिबुल्लाह जद्रानले १९, गुलबदिन नायबले १७ र मोहम्मद नाबीले १४, नूर अहमदले १२ र रहमानउल्लाह गुरबाजले ११ रन बनाए। बलिङतर्फ भारतका लागि जसप्रित बुमराहले ३, अर्शदीप सिंह र कुलदीप यादवले समान २(२ तथा हार्दिक पाण्डेय र अक्षर पटेले समान १–१ विकेट लिए।

त्यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको भारतले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १८१ रन बनाएको थियो। भारतका लागि हार्दिक पाण्डेयले ३२, विराट कोहलीले २४, रिषभ पन्तले २०‚ अक्षर पटेलले १२ र शिवम दुबेले १० रन बनाए।

बलिङतर्फ अफगानिस्तानका कप्तान राशिद खान र फजलहक फारुकीले ३–३ तथा नविन उल हकले १ विकेट लिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर