एनएमबि बैंकको कतार एयरवेजसँग साझेदारी, ग्राहकलाई टिकटमा १० प्रतिशत छुट

एनएमबि बैंक लिमिटेडले कतार एयरवेजसँग साझेदारी गरी ग्राहकहरूलाई विशेष छूट उपलब्ध गराउने भएको छ । एनएमबि बैंकका ग्राकहले कतार एयरवेजको वेबसाइटमार्फत हवाई भाडा खरीद गर्दा १० प्रतिशतसम्म छूट पाउने भएका छन् ।

छूट पाउका लागि नेपालबाट प्रस्थान गर्ने कतार एयरवेजको उडानको टिकट काट्दा, ग्राहकले अनलाइन प्रमोशनल कोड QRNMB24 प्रयोग गर्नुपर्ने बैंकले जनाएको छ । यो सुविधामार्फत ग्राहकहरूले सुपथ मूल्यमा आरामदायी उडानका साथ कतार एयरवेज स्टुडेन्ट क्लबका विद्यार्थीहरूले थप लगेज लगायत अन्य विशेष सुविधा समेत पाउने बैंकले बताएको छ ।

एनएमबि बैंक विगत २८ वर्ष देखि बैंकिङ्ग सेवा सुविधा प्रदान गर्दै आइरहेको नेपाल राष्ट्र बैंकबाट क वर्गको इजाजतपत्र प्राप्त एक अग्रणी वित्तीय संस्था हो । बैंक दि फिनान्सियल टाईम्स, लण्डनको द ब्यान्कर पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधी बैंक अफदिइयर एसिया २०२१ उपाधीबाट सम्मानित भएको बैंक हो । बैंकले २०१७, २०१८, २०२० र २०२१ का लागि पनि उक्त पत्रिकाद्वारा हाल सम्म चार पटक नेपालको उत्कृष्ट बैंकको उपाधि प्राप्त गरिसकेको छ । बैंकले हाल देशभर २०१ शाखा, १८८ एटिएम र ११ एक्सटेन्सन काउन्टरहरु मार्फत बैंकिङ सेवा प्रदान गदै आइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर