आफूले संसदमा जवाफ दिँदा शीर्ष नेता नआएकोमा प्रधानमन्त्रीको असन्तुष्टि

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूले सम्बोधन गर्ने दिन संसद्मा पर्याप्त सांसद र मन्त्री नआएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।

आज प्रधानमन्त्री प्रचण्डले संसदमा सांसदहरुको प्रश्नको जवाफ दिनुका साथै भारत भ्रमणबारे जानकारी दिएका हुन् । यस क्रममा विभिन्न दलका शीर्ष नेता, सांसद, मन्त्री उपस्थित नभएकोमा उनको गुनासो थियो ।

‘सबै माननीय सदस्यहरुको ध्यानाकर्षण गराउन चाहन्छु, हाम्रो सदनको एउटा परम्परा, प्रचलन, गरिमा जे भने पनि प्रधानमन्त्रीले बोल्ने दिन सत्तापक्ष पनि प्रतिपक्षका पनि सबै नेताहरू, सबै माननीय सदस्यहरू, मन्त्रीहरू आकस्मिक काम बाहेक सबै माननीय मन्त्रीहरू उपस्थित हुने नेपालको इतिहासमा स्थापित थियो । तर, अब क्रमशः त्यो पातलिन थालेको छ,’ प्रचण्डले भने ।

यस्तो गतिविधिले प्रधानमन्त्रीको अवमूल्यन हुने उनको आशय थियो । ‘यसले हामीले अमुक प्रधानमन्त्रीलाई अवमूल्यन गरेको पक्कै होइन होला, यो प्रक्रिया जारी रह्यो भने हामी आफैँले आफैँलाई अवमूल्यन गरेको ठहरिन्छ,’ उनले भने ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर