विश्वकप क्रिकेट खेलेर स्वदेश फर्कियो नेपाली टोली

आइसिसी टि–ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिता प्रतियोगिताको समूह चरणको खेल खेलेर नेपाली क्रिकेट टोली आज स्वदेश फर्किएका छन् ।
अमेरिका र वेस्टइण्डिजमा भएको विश्वकप क्रिकेट प्रतियोगितामा नेपालले चार खेल खेलेकोमा तीनमा हार तथा एक खेल बराबरी खेलेको थियो । नेपाली टोलीलाई क्यानका पदाधिकारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए ।
विश्वकप क्रिकेटमा नेपाल समूह डि मा परेको थियो । नेपालको समूहमा दक्षिण अफ्रिका, बङ्गलादेश, श्रीलङ्का र नेदरल्यान्ड्स रहेका थिए । नेपालले अमेरिकामा दुई खेल र वेस्टइण्डिजमा समान दुई खेल खेलको थियो । अमेरिकामा भएको आफनो पहिलो खेलमा नेपाल नेदरल्यान्ड्सँग ६ विकेटले पराजित भएको थियो ।
त्यस्तै श्रीलंकाविरुद्धको दोस्रो खेल वर्षाका कारण रद्द भएसँगै दुवै टोलीले समान एक–एक अंक बाँडेका थिए । त्यसपछि वेस्टइण्डिजमा भएको दक्षिण अफ्रिकाविरुद्धको खेलमा नेपाल एक रनको झिनो अन्तरले पराजित भएको थियो । त्यस्तै समूह चरणको अन्तिम खेलमा नेपाल बंगलादेशसँग २१ रनले पराजित भएसँगै नेपालको विश्वकप यात्रा समाप्त भएको थियो ।
विश्वकपमा नेपालसँगै श्रीलंका र नेदरल्यान्डस् प्रतियोगिताबाट बाहिरिएका थिए । त्यस्तै  दक्षिण अफ्रिका  र बंगलादेश भने सुपर आठमा पुगे । दक्षिण अफ्रिका समूह डि को शीर्ष र बंगलादेश दोस्रो स्थानमा रहँदै सुपर आठमा पुगेका हुन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर