सीधा कुराविरुद्धको अवहेलना मुद्दा बृहत् पूर्ण इजलासमा पठाउन सर्वोच्चको आदेश

सर्वोच्च अदालतले सीधा कुरा डटकमविरुद्धको अदालतको अवहेलना मुद्दा बृहत् पूर्ण इजलासमा पेस गर्न आदेश दिएको छ ।

यसअघि नै विचार तथा अभिव्यक्ति स्वतन्त्रताको विषय जोडिएको मुद्दा ७ सदस्यीय इजलासबाट टुङ्गो लागेको भन्दै सर्वोच्च अदालतले बढी न्यायाधीश सम्मिलित इजलासबाट विवाद निरूपण हुनुपर्ने राय लेखेको हो ।

न्यायाधीश डा. कुमार चुँडाल र विनोद शर्माको इजलासले यो मुद्दालाई बढी न्यायाधीश सम्मिलित इजलासबाट निरूपण गर्नु उचित हुने भन्दै पेशी व्यवस्थापन निर्देशक समिति समक्ष प्रस्तुत गर्न आदेश दिएको छ ।

सर्वोच्च अदालतमा बृहत् पूर्ण इजलासमा पाँच वा सो भन्दा बढी न्यायाधीश सम्मिलित हुन्छन् । यसअघि अधिवक्ता तोयानाथ दाहालले कान्तिपुर पब्लिकेसन्सविरुद्ध दिएको अदालतको अवहेलना मुद्दा ७ जना न्यायाधीश सम्मिलित बृहत् पूर्ण इजलासले फैसला गरेको थियो ।

सीधाकरा डटकम विरुद्धको अदालतको अवहेलनाको मुद्दा सुनुवाइ गरेको इजलासले कान्तिपुरविरुद्धको मुद्दामा गठन भएको इजलासको संरचनासमेत विचार गरेर बढी न्यायाधीश सम्मिलित इजलासमा पठाउन भनेको हो ।

यो मुद्दा फैसलाका क्रममा तथ्यपरक एवं सत्य साँचो विचार तथा अभिव्यक्तिको स्वतन्त्रता एवं प्रकाशन स्वतन्त्रता समेतका पक्षमा दीर्घकालीन महत्वको ठोस र उपयुक्त व्याख्या गर्नुपर्ने भन्दै बृहत् पूर्ण इजलासमा पठाउन आदेश दिएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर