मन्त्रालयको बजेट पुनःलेखन गर्नुपर्छः लेखक

कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले मन्त्रालयको बजेट संशोधन गर्नुपर्ने बताएका छन् ।

बुधबार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले बजेटको मूल मान्यतामा नै त्रुटि भएको बताएका हुन् । उनले मन्त्रीहरुले आफ्नो आफ्नो मन्त्रालयमा प्राप्त बजेटको अधिकांश हिस्सा आफ्नै क्षेत्रमा लैजाने कुराले ज्यादा अपरिपक्व, गैरजिम्मेवार र दुरुपयोग गरेको पुष्टि भएको बताए ।

उनले यो शक्ति र सत्ताको दुरुपयोग भएको टिप्पणी गरे । प्रधानमन्त्री पुष्पकमल दाहाल र अर्थमन्त्री वर्षमान पुनले मन्त्रालयको बजेट पुनःलेखन गर्नुपर्ने उनको भनाइ छ ।

‘बजेट कसले पायो र पाएन भन्ने भन्दा पनि बजेटको मूल मान्यतामा नै त्रुटि भयो । जसरी सदनमा कुरा उठिरहेको छ । प्रतिपक्ष त झन् संयमित छ । सत्तापक्षको स्थिति जुन देखिएको छ, यसले वास्तवमा सम्माननीय प्रधानमन्त्रीजीले सम्बन्धित मन्त्रीजीहरुलाई बोलाएर यो बजेटलाई रिराइट गर्न लगाउनु पर्छ,’ लेखकले भने ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर