सहकारी ठगी प्रकरण : के गर्दै छ संसदीय छानबिन विशेष समिति ?

सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा छानबिन गर्न गठित संसदीय छानबिन विशेष समितिले कानूनी परामर्श सुरु गरेको छ ।

बुधबार संसद भवन परिसरमा बसेको संसदीय छानबिन विशेष समितिले कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय, नेपाल कानून आयोग लगायत पदाधिकारीहरुसँग छलफल गरेको हो । बैठकपछि जानकारी दिँदै विशेष समितिका सभापति सूर्यबहादुर थापा क्षेत्रीले कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय र नेपाल कानून आयोगका सचिवसहितका अधिकारीहरुसँग परामर्श गरेको बताए ।

उनले कानूनी अस्पटता, अधिकार क्षेत्रको बाँडफाँटसँग सम्बन्धित विषय लगायत प्रश्नहरुमा छलफल भएको बताए । उनले नेपाल कानून आयोगका सचिव तोयनाथ अधिकारी, नेपाल कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयका सहसचिव हिमालचन्द्र अर्याल र नेपाल कानून आयोगका सहसचिव पाश्र्वत ढुंगानासँग छलफल भएको जानकारी दिए ।

‘आजको बैठकमा कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय र नेपाल कानून आयोगका सचिवसहितका अधिकारीहरुसँग हामीले परामर्श र छलफल गरेका छौं । यो हाम्रो कार्यादेशसँग सम्बन्धित विषयहरुमा कतिपय कानूनी अस्पटता, अधिकार क्षेत्रको बाँडफाँडसँग सम्बन्धित विषय लगायतका प्रश्नहरु पनि सँगसँगै थिए,’ उनले भने ।

आन्तरिक प्रतिवेदनहरु संकलनका काम जारी रहेको पनि बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर