प्रहरी जवान आत्महत्या घटनाः प्रेम सम्बन्धले तनावमा थिए

काठमाडौंको नयाँ बानेश्वरस्थित संसद भवनमा आज मृत फेला परेका प्रहरी जवान अजित गोले प्रेम सम्बन्धका कारण तनावमा रहेको खुलेको छ ।

प्रहरी स्रोतका अनुसार दोलखा घर भएका गोलेले आफ्नी प्रेमिकासँग इन्गेजमेन्ट गरेका थिए । त्यसपछि आफ्नो रकम खर्चेर दुबई पठाएका थिए ।

तर, पछिल्लो समय प्रेमिका आफूसँग राम्रोसँग नबोलेको भन्दै गोले तनावमा रहेको उनको म्यासेजबाट जानकारी पाएको प्रहरी स्रोतको भनाइ छ । उनले प्रेमिकासँगको कुराकानीमा पटकपटक आत्महत्या गर्ने धम्की दिँदै आएका थिए ।

आज आत्महत्या गर्नुअघि पनि उनले प्रेमिकासँग कुराकानी गरेका थिए । उनको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाइएको छ । प्रहरीको केन्द्रीय विशेष कार्यदलमा कपनमा उनको दरबन्दी थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर